निर्देशिकालाई धोती लगाउदैं, एम्बुलेन्सको महंगो भाडा

सेवाको नाममा सञ्चालित राजधानीका धेरै एम्बुलेन्सहरु व्यापार मुखी रहेको पाइएको छ । बिरामीको बाध्यताको फाइदा उठाउँदै एम्बुलेन्सलाई कमाइ खाने भाडो बनाएको छ । बिरामीबाट उनीहरुले असुल गर्ने शुल्कमा पनि एकरुपता छैन । मनपरि ढङ्गले आफु अनुकुल र मान्छे हेरेर उनीहरुले शुल्क असुल गरिरहेका छन् । काठमाडौंका विभिन्न अस्पतालमा रहेका बिरामीका आफन्तका अनुसार एम्बुलेन्स सञ्चालकहरुले लुट मच्चाइरहेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा प्यारालाइसिस श्रीमतीको उपचार गराई रहेका धादिङका सुदीप आचार्य ७९ किलो मिटरको यात्रामा ४ हजार तिरेर काडमाडौं पुगे । उनले भने, चालकहरु ठुलै बारगेनिङ गर्छन् । आफुलाई बाध्यता हुन्छ । भनेको ठाउँमा जानै मान्दैनन् । उनीहरुले भने जति पैसा दिए मात्रै मान्छन् । अर्का दोलखाका यज्ञ राज चौधरी पनि आफन्त बिरामी हुँदा एम्बुलेन्सले टाढा भएको भन्दै जान नमान्दा स्कर्पियो मा काडमाडौं आउन बाध्य भएको सुनाए । उनका अनुसार एम्बुलेन्स चालकहरु भनेको ठाउँमा जानै मान्दैनन् । जान्न भनेर पैसाको बार्गेनिङ गर्छन् । केही उपाय नलागेपछि महँगो शुल्क तिरेर आउनु पर्छ अरु विकल्प हुदैन । यी त प्रतिनिधि पात्र मात्रै हुन् । अधिकांस बिरामीको गुनासो र समस्या यस्तै छ । एम्बुलेन्स सञ्चालकको मनपरि काठमाडौंमात्रै होइन काठमाडौं बाहिर पनि यस्तै छ । सरकारले प्रति किलोमिटर २० रुपैयाँसम्म भाडा लिन पाउने मापदण्ड बनाएको छ । सरकारले प्रति किलो मीटर भाडा डर २० तोकेको छ । सरकारले तोकेको भाडादर भन्दा पनि तीन देखि पाँच गुणा बढीसम्म उनीहरुले भाडा असुल गरीरहेका छन् ।

एम्बुलेन्समा आफन्त र भाडाका सवारी
बिरामीको सेवाका लागि अधिकांस एम्बुलेन्स विभिन्न संघ सस्थाबाट सञ्चालित छन् । तर उनीहरुले पनि मापदण्ड विपरित चर्को शुल्क असुल्ने देखि भनेको ठाउँमा जान नमान्ने लगायतका मनपरि गर्दै आएका छन् । बिरामीलाई भनेको ठाउँमा लैजान नमान्ने एम्बुलेन्समा आफन्त र भाडाका सवारी समेत बोक्ने गरेको पाइएको छ । सरकारको एम्बुलेन्स निर्देशिका विपरित उनीहरु आफन्त तथा भाडाका सवारी समेत बोक्ने गरेको पाइएको हो । सरकारले प्रति किलोमिटर

महँगो भाडा रहर होइन बाध्यताः

चालकसरकारले तोकेको भाडादर अनुसार काम गर्दा एम्बुलेन्स मर्मत गर्नसम्म नपुग्ने भएकोले काम गर्न गार्हो भएको एम्बुलेन्स चालक नारायण पराजुलीको तर्क छ । सरकारले मापदण्ड बनाएको छ । त्यो मापदण्ड अनुसार काम गर्दा हामी उल्टो घाटामा जान्छौ एक एम्बुलेन्स चालकले भने । त्यसैले आफुहरुले बिरामीबाट बढी भाडा लिनु पर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

के छ निर्देशिकामा ?
मन्त्रालयले सरकारी, अर्धसरकारी, गैरसरकारी संघ संगठन एवम् निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवामा गुणस्तर वृद्धि गरी एम्बुलेन्स सेवा सञ्चालन निर्दे्शिका–२०७३ ल्याइएको छ । मन्त्रालयले एम्बुलेन्स सेवालाई व्यवस्थित र मर्या्दित बनाउन नयाँ निर्दे्शिका ल्याएको हो । एम्बुलेन्स निर्दे्सिकाले एम्बुलेन्स सेवामा बिरामी बाहेक कोहि पनि ओसार पसार गर्न नपाइने उल्लेख छ । निर्दे्शिकामा एम्बुलेन्सलाई तीन श्रेणीमा विभाजन गरि जीवन रक्षाका लागि अत्यावश्यक औषधि, उपकरण, डाक्टर वा तालिमप्राप्त स्वास्थ्यकर्मी हुनैपर्ने बाध्यकारी व्यवस्था छ । एम्बुलेन्स एकहजार सिसीभन्दा बढी क्षमताको हुनुपर्ने र चालकको पछाडि कुनै सिट राख्न नपाइने तथा मापदण्ड विपरीत निर्दे्शिका उल्लङ्घन गरी चलाइएको पाइएमा जफत गरिने निर्दे्शिकामा उल्लेख छ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य प्रायोजनमा प्रयोग गर्न पाइने छैन । स्वास्थ्य मन्त्रालयका प्रभाक्ता महेन्द्र श्रेष्ठ भन्छन, निर्दे्शिका बाहिर गएर एम्बुलेन्स संचालन गर्ने सबैलाई कारवाही हुन्छ । एम्बुलेन्स मानव सेवाका लागि हो यसमा कसैले पनि मनपरी गर्न पाउदैन । । श्रेष्ठका अनुसार ग्रामिण क्षेत्रमा अझै एम्बुलेन्स अभाव छ । त्याहा एम्बुलेन्सको संख्या थप गर्ने तयारीमा सरकार छ । साथै उनले मापदण्ड अनुसार संचालन नगर्नेको सेवा खारेज सम्म गर्न सकिने व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार