लुम्बिनी प्रदेशको आफ्नै विश्वविद्यालय : मुख्यमन्त्री पोख्रेल

शम्भु माली, टिभी अन्नपूर्ण, कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको बताएका छन् । कपिलवस्तुको अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको हिरक महोत्सवमा बोल्दै मुख्यमन्त्रीले उच्च शिक्षाको अध्ययन गर्नका टाढा जानु पर्ने बाध्यता भएको क्षेत्रका प्रदेश विश्वविद्यालय स्थापना गरी क्याम्पस संचालन गर्ने बताए ।

विश्वविद्यालय संचालनका लागि सरकारले निति बनाउने काम अगाडी बढाएको छ । प्रदेश सरकारको लगानीमा क्याम्पसको पहुँच नभएका क्षेत्रको अध्ययन गरी ति क्षेत्रमा क्याम्पस स्थापना गर्ने मुख्य मन्त्री पोख्रेल बताए ।

कार्यक्रममा सम्बोधन गर्दै उनले मधेसमा शिक्षाको पहुँच बृद्धी गर्न सरकारले ध्यान दिएको बताए । प्रदेश सरकारले शिक्षाको पहुँच बढाउनका लागि कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्रा, दलित तथा मुस्लिम विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरेको बताए । छात्रवृतिका कारण विज्ञान विषय पढ्ने बालिकाको संख्या तिन गुणा वृद्धी भएको समेत दाबी गरेका छन् । प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा मुस्लिम बालबालिकाको शिक्षामा पहुँचको लागि सरकारले चासो दिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य धर्मलाल श्रीवात्सव, रिना नेपाल, संविधान सभा सदस्य बलराम अधिकारी, राकेश कुमार पाठक लगायतले विद्यालयको प्रगतिको कामना गरेका थिए । कपिलवस्तुको भारतीय सिमासँग जोडिएको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहको विद्यालय जिल्लाकै तेस्रो पुरानो विद्यालय रहेको विद्यालयमा प्रधानाध्यापक रमेशनाथ पाण्डेयले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार