सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ भने यात्रुबाहक पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको हो । यस्तै रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिएको छ ।
तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने बढेको छैन । रुस–युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेलको भाउ लगातार बढिरहेको छ ।
कुन रुटमा कति पुग्यो भाडा ?
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”55137″ /]