एमालेबाट निर्वाचित मेयरसहित ३० बढी जनप्रतिनिधि समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्दसहित ३० भन्दा बढी जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

एमाले परित्याग गरेका उनीहरूलाई पार्टी प्रवेश गराउन एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल कञ्चनपुर जादैछन् ।

आफूहरू आजै एकीकृत समाजवादीमा आबद्ध हुन लागेको वेदकोट नगरपालिका वडा नं १० का वडा सदस्य डम्मर भट्टले  जानकारी दिए ।