सिन्धुपाल्चोकमा ग्याँस पड्किदाँ तीन जनाको मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको लामा टोलमा मिनबहादुर तामाङको घरमा आज बेलुका ७ बजे ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।
आगलागीमा परि १० वर्षिय इशाक तामाङ, ६ वर्षिय सरगम तामाङ र २ वर्षिया दिव्या तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिएका छन् ।
आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको हो । यस्तै आगलागीमा परि मिनबहादुर गम्भिर घाइते भएको छन् ।
यस्तै उक्त आगो घर वरीपरी फैलिएको छ भने प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।