डोल्पामा आगलागीमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।
बिहीबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर १२, १३ र १० वर्षका बालकहरु घाइते भएका हुन् ।
घर नजिकै रहेको सो वनमा उनीहरु च्याउ टिप्न गएको बताइएको छ । गम्भीर घाइते भएका उनीहरुलाई सदरमुकाम दुनैमा उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइएको छ ।













