गठबन्धन गर्ने विषयको प्रतिवेदन आज शिर्ष नेतृत्वलाई बुझाइँदै

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले गठन गरेको स्थानीय  तह  निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने  भएको छ  ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले सबै दलको स्थानीय  तहमा रहेको पछिल्लो  अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा  तयार पारेको सुझावसहितको  प्रतिवेदन शीर्ष  नेतृत्वलाई  बुझाउने  तयारी गरेकाे हो । आइतवार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री  निवास  बालुवाटारमा  बसेको  बैठकले  देशभरका  स्थानीय  तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन नेतृत्वलाई  बुझाउने निर्णय गरेकाे थियाे ।

गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।