काठमाडौं । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।घरायसी विवादका क्रममा महिलो श्रीमानको हत्या गरेकी हुन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएकी थिइन् । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरीले बताएको छ ।