विवेकशील साझा पार्टीमा विवाद : मेयर र उपमेयरमा उम्मेदवार रद्द गराई अर्को घोषणा गर्ने तयारी

काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारी घोषणा गरेको विवेकशील साझा पार्टीमा विवाद देखिएको छ । केन्द्रीय समितिले महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरे पनि रवीन्द्र मिश्रले एक पक्षीय रुपमा आफू निकटलाई उम्मेदवार बनाएको भन्दै विवाद बढेको हो।

पार्टीमा छलफलबिना र काठमाडौं जिल्ला संयोजकलाई समेत जानकारी नदिई मिश्रले एकल निर्णयबाट उम्मेदवार घोषणा गरेको बताइएको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले सोमवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगर प्रमुखमा समीक्षा बाँस्कोटा र उपप्रमुख पदमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको विज्ञप्ति जारी गरेर जनाएका थिए।

बहुमत केन्द्रीय सदस्यहरूसहित मिश्र समूहले बनाएका उम्मेदवार रद्द गराई अर्को उम्मेदवार घोषणा गर्ने तयारी गरेको सञ्चार विभाग प्रमुख प्रकाशचन्द्र परियारले बताए ।