भन्सारदर बढाउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रको वाह्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न भन्सारदर बढाउने बताएका छन् । भन्सारदर बढाएर विलासिताका वस्तुकाे आयात नियन्त्रण गर्ने सरकारको योजना रहेको उनले जानकारी गराएका छन् ।

मन्त्री शर्माले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारी इन्धन उपभोग घटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएको अर्थमन्त्री शर्माले सुनाए । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री  शर्माले  पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

उनले रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई प्राथमिक सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) मा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको उनले बताए । रेमिट्यान्स आप्रवाह वृद्धिका विभिन्न योजनाहरु घोषणा गर्ने जानकारी गराएका छन् ।