जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादीमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार नै जसपा छाडेको घोषणा गरेका उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय उनी ०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । ०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीबाट प्रत्यक्षतर्फ निर्वाचित भए ।