कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा आफ्नै कार्यकर्ताबाट कुटिए मेयरका उम्मेदवार धर्मराज पोखरेलको टिकट खोसिएको छ ।

स्थानीय कार्यकर्ताको विरोधपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला समितिका उपसभापति तिर्थराज भट्टराईलाई टिकट दिएका छन्।

भट्टराईलाई टिकट नदिइएको भन्दै हेलिकोप्टरबाट उम्मेदवारी दर्ता गराउन पुगेका पोखरेललाई कांग्रेस कार्यकर्ताहरुले कुटेका थिए । उनलाई टिकट दिने निर्णय गलत भएको भन्दै कार्यकर्ता आन्दोलित थिए।

https://www.tvannapurna.com/60984/2022/04/25/