बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ ।
सर्पले टोकेपछि उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरिएको थियो ।
उपचारपछि खान डिस्चार्ज भएका छन् । उनी आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।
खान उपचारपछि ठीक भएर फार्म हाउस नै फर्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।