बजेटको सैद्धान्तिक छलफलमा अर्थमन्त्री सहभागी नभएपछि एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विनियोजना विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा सदनमा नदेखिएपछि एमालेले आपत्ति जनाएको छ । कांग्रेस सांसद मिनेन्द्र रिजालले समेत अर्थमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका छन् ।

आगामी बजेटका सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री नै अनुपस्थित रहेपछि यसको औचित्यमाथि प्रश्न उठाउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

एमालेको नियमापत्ति लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रीलाई उपस्थित हुन रुलिङ गरेका छन् ।