सुदूरपश्चिमका ७२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति स्थान जिते ?

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७२ पालिकाको मत परिणाम मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ३३, नेकपा (एमाले)ले २३, नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ भने २ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

यस्तै, उपप्रमुखमा कांग्रेसका ३७, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् भने एक पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।