नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको टिप्पणी गरेका छन् ।
आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन। उनले कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको बताएका
त्यसैगरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाए । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएकोमत परिणाम निराशाजनक नभएको उनको दाबी छ । पार्टी हार्नुको कारण उम्मेदवार छनोटमा कमजोरी हुनु रहेको उनको भनाइ छ । कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी विरोधीहरूलाई जिताउन साँठगाँठ गरिएको समेत उनले आरोप लगाएका छन् ।
सचिव भट्टराईले भने, ‘यस पटकको चुनावमा एमालेको विरुद्धमा गठबन्धन बनाइयो, त्यसले राज्यसत्तालाई एमालेका विरुद्ध दुरुपयोग गरियो । यो परिस्थितिमा एमालेले ल्याएको परिणाम निराशाजनक होइन ।’