धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। नेकपा एमालेका उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै मेयरमा कांग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भएका हुन्।
राजेन्द्रले ४३०४ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी निवर्तमान मेयरसमेत रहेका अनिलले ४०९४ मत ल्याए। मिथिला विहारी एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृह पालिका हो।














