घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्।

गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।

दर्जीले चोरीको सरसमान स्थानीय कलवार कुटी अगाडि चौरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ।