जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेतस्थित जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्थानीय २० वर्षीय जनक वली र २१ वर्षीय विनोद खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुले विद्यालयको ढोका तोडफोड गरि कोठा भित्रका कम्प्युटर, कुर्सी, टेबुल लगायतका सामाग्रीहरु तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।
उनीहरुलाई जिल्ला अदालतबाट सात सात दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिए । जनकल्याण आधारभुत विद्यालयका शिक्षक मदन रावलका अनुसार युवाहरुले आठ देखि १० लाख बरावर क्षति पुर्याएको बताए ।













