काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हेरफेरको निर्णय पुनर्विचार गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सुझाव दिएका छन् । विनियोजन विधेयकको मन्त्रालयगत छलफल भएर त्यसमाथि सांसदहरूको प्रश्नको जवाफ नदिई मन्त्री हेरफेर गर्ने कुरा असंसदीय र गैर जिम्मेवार भएको भन्दै देउवाले निर्णय माथि पुनर्विचार गर्न माधवलाई सुझाव दिएका हुन् ।
जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् ।
सोही पार्टीका जीवनराम श्रेष्ठ पर्यटन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय र शेरबहादुर कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् भने बढुवा भएका खापुङको स्वास्थ्य राज्य मन्त्रीको स्थानमा हिराचन्द्र केसीले जिम्मेवारी पाएका छन् ।













