काठमाडौं महानगरको कल सेन्टर सञ्चालनमा

आजदेखि काठमाडौँ महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र ( कल सेन्टर ) सञ्चालनमा आएको छ । आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आजदेखि कार्यान्वयन भएको छ ।