शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको १६ नम्बर वडाका वडाध्यक्षले आफ्नो वडाको फोहोर उठाएर खोलामा थुपारेको आरोप लगाएकी छन् ।
फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग सिंहदरबारमा आयोजित छलफलका क्रममा मन्त्री झाँक्रीले भनिन्, ‘काठमाडौंबाट फोहोर सिसडोल नगएको धेरै भइसकेको थियो । काठमाडौको १६ नम्बरका वडा वडाध्यक्षले फोहोर उठाएको भन्नुभयो । उठाएको फोहोर कहाँ फाल्नुभयो त रु सिसडोलमा फोहोर फाल्न दिइएको थिएन । उहाँले वडाबाट फोहोर संकलन गरेर खोला किनारमा फाल्नुभएछ ।’
काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेको भन्दै वडा न १६ का अध्यक्ष मुकुन्द रिजालले केहि दिनअघि आफ्नो वडाको फोहोर आफैं उठाएको बताएको थिए । उनले फोहोर उठाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट समेत गरेका थिए । १६ नम्बरवडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन व्यवस्थापन गर्न लागेको रिजालको दाबी छ ।