इन्धनको मूल्य बढेसँगै बढ्यो गाडी भाडा (सूचीसहित)

इन्धनको मूल्यवृद्धि भएसँगै सरकारले गाडीभाडा पनि बढाएको छ। यातायात व्यवस्था विभागले सूचना सार्वजनिक गर्दै भाडा समायोजन गरिएको जनाएको छ। आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ८ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको थियो।

डिजेलको मूल्य १२ प्रतिशत वृद्धि भएको भन्दै विभागले दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातको भाडादर वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ।

विभागका अनुसार यात्रुबाहक सवारीमा २ दशमलब ५ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीमा ३ दशमलब ३ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा ३ दशमलब ७ प्रतिशत मूल्य वृद्धि गरिएको जनाएको छ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”71030″ /]