काठमाडौं उपत्यकाको फोहोर बिसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिइने भएको छ। सरकारले प्रभावित स्थलका नागरिकको माग पूरा गर्ने भनेर प्रतिबद्धता जनाएसँगै स्थानीयले फोहोर बिसर्जन गर्न दिने भएका छन् ।
यसअघि फोहोर प्रभावित स्थानीयहरुले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । सरकारले गरेको प्रतिवद्धता पूरा गर्ने शर्तमा आन्दोलन स्थगित गरिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । शुक्रबार विहान भएको छलफलमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रतिवद्धता पत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् ।
योसँगै काठमाडौंबाट गएका टिप्परहरूले ल्याण्डफिल साइटमा फोहोर खसाल्न सुरु गरेका छन्। महानगरपालिकाले गएराति प्रभावित क्षेत्रका वडाअध्यक्षसहित स्थानीयसँग १९ बुँदे प्रतिवद्धता पत्रमा सहमति गरेको थियो।