पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुृल्यो

मुग्लिन । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।