घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिज विरुद्वको तीन खेलको एकदिवसीय सिरिज एक खेलअगावै जितेको छ। शुक्रबार राति मुल्तानमा भएको दोस्रो एकदिवसीय खेलमा पाकिस्तानले १२० रनको प्रभावशाली जित निकाल्दै सिरिज २–० ले कब्जा गर्यो।
टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर अजामको ७७ रनको सहयोगमा निर्धारित ५० ओभरमा २७५ रन बनाएको थियो। त्यस्तै इमाम उल हकले ७२ रन बनाउँदा सदाव खान र मोहम्मद वासीमले समान २–२ रन बनाएका थिए। त्यस्तै सहिन सा अफ्रिदी १५ रनमा नटआउट रहे। ओपनर फकर जमानले १७ रन बनाउँदा मोहम्मद रिजवानले १५ रन जोडेका थिए। वेस्टइन्डिजका अकेल होसिनले ३ विकेट लिँदा अलजारी जोसेप र एन्डर्सन फिलिपले २–२ विकेट लिए।
२७६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको पाहुना टोली वेस्ट इन्डिज भने ३२।२ बलमानै १५५ रनमा अलआउट भयो। उसका लागि शमार्च ब्रोक्सले सर्वाधिक ४२ रन बनाउँदा क्यालिमयर्सले ३३ रन बनाएका थिए। त्यस्तै कप्तान निकोलस पुरनले २५ रन बनाउनुबाहेक अन्य ब्याटरको प्रदर्शन गतिलो रहेन।
पाकिस्तानका लागि मोहम्मद नवाजले ४ विकेट लिए। ुप्लेयर अफ द म्याचु घोषित नवाजले १० ओभर बलिङ गर्दै १।९० को इकोनोमिमा १९ रन खर्चिएका थिए। त्यस्तै मोहमद वासिमले ३ विकेट लिँदा सादव खानले २ र साहिन सा अफ्रिदिले १ विकेट लिए।
यसअघि भएको पहिलो एकदिवसीयमा पाकिस्तानले पाँच विकेटको जित निकालेको थियो। अब यी दुईबीचको तेस्रो एकदिवसीय मुल्तानमा नै आइतबार हुनेछ।