बराह खोलाले बगाउँदा तनहुँमा एक जनाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित बराहखोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोहि स्थानका यामबहादुर विक रहेका छन् ।

शुक्रबार राति करिब १०:२० बजे खोला तर्ने क्रममा बर्षाका कारण आएको भेलले बगाउँदा शुक्लागण्डकी १० कुखुरे खोला बस्ने ५२ वर्षका बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

विक घर जाने क्रममा बराह खोला तर्दै गर्दा बगाएको थियो। उनलाई खोजतलास गर्दा आज बिहान ७ बजे ७०० मिटर तल मृत अवस्थामा खोला छेउमा शव फेला परेको प्रहरीले जनाएको छ। अहिले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि दमौली अस्पताल लैजाने तयारी भइरहेको छ।