ललितपुरमा आजदेखि बुस्टर डोज, यी हुन् खोप केन्द्र

ललितपुर महानगरपालिकाले आजदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पताल ग्वार्को, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलबाट बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।

आजदेखि पर्सि ६ गतेसम्म सञ्चालन हुने अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने छ ।

यस्तै सरकारी तथा सामुदायिक सङ्घसंस्थामा काम गर्ने कर्मचारी, बैंकिङ्ग सेवाका कर्मचारी,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ । दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका लक्षित वर्गले खोप कार्ड र कार्यालयको परिचयपत्रको आधारमा बुस्टर डोज पाउनेछन् ।

खोप कार्यक्रम बिहान १० बजेदेखि  दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार