युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज रुस प्रस्थान गरेका छन्। रसियाली खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज रुस गएका हुन् ।
मन्त्री गहतराजले रुसका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ। पाँच दिनको भ्रमणका सिसिलामा मन्त्री गहतराज सचिव दामोदर रेग्मीसहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन्।
उनले भ्रमणका क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमा समेत छलफल हुने बताए। खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको जानकारी दिए।














