एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
बलियो टिम इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ ।
यस अघि नेपालले लगातार दुई खेल गुमाईसकेको छ ।बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।यस्तै शनिबार भएको दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४–१ गोल अन्तरले हराएको थियो ।
छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ ।














