बजेट पारित भए लगत्तै आफ्ना मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारित भए लगत्तै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन गर्ने भएको छ ।

स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै नयाँ मन्त्री सरकारमा पठाउने र बहालवाला मन्त्री फिर्ता बोलाउने भएको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।

यस्तै स्थायी कमिटी बैठकले असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक तथा १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको छ । बैठकले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने निर्णय समेत गरेको छ ।