लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टीबिच एकीकरण हुने भएको छ । आज (आइतबार) एकता गर्न लागिएको हो ।
आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुनेछ ।
कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ।














