झापामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बिहान साढे पाँच बजे पूर्वपश्चिम राजमार्गमा पर्ने शिवसताक्षी-८ मा झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । सडकमा अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ ।