भारतमा कोरोना संक्रमित दर घट्दो, मृत्युदर बढ्दो

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोरोना देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिब ३४ हजारले कमी हो ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ ।

कोरोना संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् ।

सम्बन्धित समाचार