तारकेश्वर गाउँपालिकाका करार कर्मचारी हटाइयो, एमालेको बिरोध

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सबै अस्थायी कर्मचारी बर्खास्तीमा परेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्षको निर्देशनमा सबै अस्थायी कर्मचारी बर्खास्तीमा पेरका हुन् । काँग्रेसबाट गाउँपालिकाअध्यक्षमा शिवअधिकारी र माओवादी केन्द्रबाट उपाध्यक्षमा हरि रिमाल निर्वाचित भएका थिए ।

गाउँपालिकाले मन्दिरका पुजारी, गुम्बाका पुजारी देखी पुल हेरालुसमेत बर्खास्तिमा परेका छन् । कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा हटाइएको भन्दै एमालेबाट निर्वाचित वडाअध्यक्षहरुले पालिकाले पठाएका करार कर्मचारीलाई हाजिर नगराउने भन्दै विरोध गरेका छन् ।

एक साताअघि पिएनहरु बर्खास्त गरेको पालिकाले कांग्रेसका कार्यकर्तालाई कुनै विधि नपु-याई पिएन नियुक्त गरेको भन्दै एमालेबाट निर्वाचित ३ वडाअध्यक्षले हाजिर गराएका छैनन् । तारकेश्वरमा एमालेले ३ वडा र कांग्रेसले ३ वडा जितेको थियो ।