त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न मागसहित आमरण अनसनमा उत्रिएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरूले अनसन तोडेका छन् ।त्रिवि र अनेरास्ववियूको बिचमा भएको वार्तामा ११ बुँदे सहमति जुटेपछि विद्यार्थीहरुले अनसन तोडेका हुन् ।
असार २८ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा विभिन्न सुधारको माग राख्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसन बसेका थिए ।त्रिविका उपकूलपति प्रा.डा.धर्मकान्त बास्कोटाको रोहवरमा भएको सहमतिसँगै अनसन पनि तोडिएको हो ।
सहमति भएका बुँदाहरूमा स्नातक, स्नातकोत्तर, एमफील तथा पिएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालितकार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरूले लिने शुल्क समायोजन र नियमिततर्फ लैजाने साथै पठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गर्ने, विद्यार्थी संगठनहरूको नेतृत्वसँग छलफल गरी स्ववियू निर्वाचन गराउन सरकारसाग समन्वय गर्नेलगायतका छन् ।