न्यायपरिषद्‍को एक्सन : थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

न्यायपरिषद् बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । बैठले न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो।

निधि उच्च अदालत महेन्द्र नगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए । न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरु बर्खास्तीमा पर्नेछन् ।

यसअघि पनि समितिले ३ न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो । दस दिनभित्र खराब आचरण र अनुचित प्रभावमा परेर फैसला गरेको भन्दै परिषद्ले ५ जना न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।