आम निर्वाचनमा एमाले एक्लै लड्छ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा पार्टी एक्लै लड्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे।

पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको धारणा राखे। नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। ‘संविधान अपरिवर्तनीय होइन’, उनले भने, ‘आवश्यक परे समयसापेक्ष संशोधन गर्न सकिन्छ।’

प्रदेश १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको भन्दै उनले यसका लागि साझा सहमति बनाउनुपर्ने तर्क गरे।