नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै छ। चाँदीको मूल्यमा भने तोलामा पाँच रुपैयाँले कमी आएको छ। आजका लागि चाँदीको मूल्य तोलाको १ हजार १६० रुपैयाँ तोकिएको छ। सोमबार तोलाको १ हजार १६५ रुपैयाँ कारोबार भएको थियो।