सिराहामा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन् ।
सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले छोराको हत्या आरोपमा पक्राउ गरेको हो ।
गत मंगलबार बिहानदेखि छोरा आयुश नभेटेको भनि उनले छिमेकीहरुलाई खोजिदिन भनेकी थिइन् । छिमेकीले खोजी गर्दा बालक नभेटिए पछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले खोजी गर्दा सरिता सुत्ने कोठामा रहेको खाटको घर्राभित्र आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।
उनले बयानमा छोराको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको डिएसपी सापकोटाले बताए । शवको पोस्टमर्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए ।
सरिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।