संवैधानिक राजसंस्थाको पक्षमा रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू संवैधानिक राजसंस्थाको पक्षमा रहेको बताएका छन् । मिश्रको ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ ।

मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन २०७८ मा मार्ग परिर्वतन स् ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गरेका थिए । संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न प्रस्ताव गरेका उनले एकताको प्रतीकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका थिए ।

राजतन्त्रको पक्षमा खुलेको भन्दै मिलन पाण्डे समूहले असन्तुष्टि जनाएपछि विवेकशील साझा पार्टी फुट्यो । स्थानीय तह चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि मिश्रले ११ जेठ २०७९ मा अध्यक्षबाट राजीनामा दिएका थिए ।