गत आर्थिक वर्ष २०७८–७९ मा वाणिज्य बैंकहरुले थप ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। गत आर्थिक वर्ष (२०७९) असार मसान्तसम्ममा भने कर्जा लगानी बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो ।
गत असारमा भने वाणिज्य बैंकहरुको कर्जा लगानी १८ अर्ब रुपैयाँले घटेको छ । गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार मसान्तसम्म घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ ।
असारसम्म वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । नेपाल बंगलादेश बैंकलाई आफूमा विलय गराई संयूक्त कारोबार गरेकाले गत आर्थिक वर्षसम्म नबिलको कर्जा सबैभन्दा धेरै ३ खर्ब ९ अर्ब पुगेको छ ।
आर्थिक वर्ष २०७७र७८ सम्म कर्जा प्रवाहमा एनआईसी एसिया सबैभन्दा अगाडि थियो । नबिलबाहेक कर्जा वृद्धिका आधारमा नेपाल बैंकले गत आर्थिक वर्षमा सबैभन्दा धेरै थप ३५ अर्बले कर्जा बढाएको छ । तीन बैंक स्टान्डर्ड चार्टड, सिभिल र सेन्चुरी बैंकको कर्जा प्रवाह १ खर्बमुनि छ ।
असार मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.४१ प्रतिशत रहेको छ ।
त्यस्तै सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुको सीडी रेसियो पनि ९० प्रतिशतभन्दा तल नै रहेको छ । यो हिसाबले सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्ने राष्ट्र बैंकको नियम सबै वाणिज्य बैंकले पालना गरेको देखिन्छ ।
यस्तै वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्ष २०७८र७९ मा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको हो । योसँगै असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ।
बैंक | कर्जा ०७७/७८ | कर्जा ०७८/७९ |
कृषि विकास | १ खर्ब ५१ अर्ब | १ खर्ब ७८ अर्ब |
बीओके | ९८ अर्ब | १ खर्ब ६ अर्ब |
सेन्चुरी | ८१ अर्ब | ९१ अर्ब |
सिटिजन्स | १ खर्ब २३ अर्ब | १ खर्ब ३५ अर्ब |
सिभिल | ८३ अर्ब | ८७ अर्ब |
एभरेष्ट | १ खर्ब ३४ अर्ब | १ खर्ब ५४ अर्ब |
ग्लोबल आईएमई | २ खर्ब ४२ अर्ब | २ खर्ब ७२ अर्ब |
हिमालयन | १ खर्ब ३२ अर्ब | १ खर्ब ५६ अर्ब |
कुमारी | १ खर्ब ४३ अर्ब | १ खर्ब ५९ अर्ब |
लक्ष्मी | १ खर्ब ८ अर्ब | १ खर्ब ३२ अर्ब |
माछापुच्छ्रे | १ खर्ब १६ अर्ब | १ खर्ब २९ अर्ब |
मेगा | १ खर्ब ४१ अर्ब | १ खर्ब ५० अर्ब |
नबिल | २ खर्ब ५ अर्ब | ३ खर्ब ९ अर्ब |
नेपाल बंगलादेश | ७१ अर्ब | (नबिलमा जोडिएको) |
नेपाल बैंक | १ खर्ब ४४ अर्ब | १ खर्ब ८० अर्ब |
एनसीसी | ९९ अर्ब | १ खर्ब २६ अर्ब |
इन्भेस्टमेन्ट | १ खर्ब ६७ अर्ब | १ खर्ब ६८ अर्ब |
एनआईसी एसिया | २ खर्ब ६४ | २ खर्ब ६८ अर्ब |
एनएमबी | १ खर्ब ५८ अर्ब | १ खर्ब ८२ अर्ब |
एसबीआई | १ खर्ब १ अर्ब | १ अर्ब १० अर्ब |
प्रभु | १ खर्ब ४२ अर्ब | १ खर्ब ५० अर्ब |
प्राइम | १ खर्ब ४२ अर्ब | १ खर्ब ५४ अर्ब |
राष्ट्रिय वाणिज्य | १ खर्ब ९९ अर्ब | २ खर्ब २८ अर्ब |
सानिमा | १ खर्ब २२ अर्ब | १ खर्ब ४० अर्ब |
सिद्धार्थ | १ खर्ब ६५ अर्ब | १ खर्ब ८६ अर्ब |
स्टान्डर्ड चार्टर्ड | ७२ र्अ | ८९ अर्ब |
सनराइज | १ खर्ब ३ अर्ब | १ खर्ब २३ अर्ब |
कुल | ३७ खर्ब २० अर्ब | ४१ खर्ब ७४ अर्ब |