नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए ।
सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताउँदै उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने जिकिर गरे ।
‘जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ । सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ । नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट हो । यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ,,’ सभापति देउवाले भने, ‘त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईहरुले दिएको अनुभव महत्वपूर्ण छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुने पनि बताउँदै उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट भएको बताए ।
‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको छ । सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ । त्यसैले स्थायी सरकार पनि भनिन्छ। कर्मचारीहरुको मुलुक निर्माणमा अत्यन्त ठूलो भुमिका हुन्छ,’ उनले भने ।