सडकमा नै पल्टियो माक्रो बस, ६ जना घाइते

भैरहवामा माइक्रो बस दुर्घटना भएको छ । बेलहियाबाट बुटवल जाँदै गरेको लु१ख ३६६० नम्बरको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक महिलासहित छ जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।