सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई सीआईबीले नियन्त्रणमा लिएको छ ।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले यही वैशाख ७ मा उनलाई ४ लाख धरौटी बुझेर छाड्न आदेश दिएको थियो । पुनसहित ६ जनालाई धरौटी बुझेर प्रहरीलाई छाड्न आदेश दिए पनि उनले धरौटी नबुझाएकाले कारागार चलान भएका थिए ।
शुक्रबार पुनले धरौटी बुझाएका हुन् । योसँगै रिहा हुने तरखरमा रहेका पुनलाई रुपन्देही प्रहरीले फेरि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाएको छ । पुनलाई सीआईबीले काठमाडौं ल्याउँदै छ ।
पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हुन् । उनी गत साउनमा बरामद भएको ६० किलो सनु तस्करी प्रकरणमासमेत जोडिएका पात्र हुन् ।