भारतीय गायिका लता मंगेशकरको निधन

भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

कोभिड संक्रमित भएपछि उनलाई केहि हप्तायता मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो ।

आइतबार बिहान ८:१२ मा उनको निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार