सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ ।बैंक श्रोतले दिएको जानकारी अनुसार १८ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ । गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन् ।

पोखरेल अहिले बैंकको नायम प्रमुख कार्यकारी अधिकृत रहेका छन् । केही समय कार्यबाहकको भूमिका दिने र त्यसपछि पोखरेललाई नै सीईओको नियुक्ति दिने बैंक सञ्चालक समितिको तयारी छ ।

सम्बन्धित समाचार