लता मंगेशकरको निधनमा भारतले दुई दिने ‘राष्ट्रिय शोक’ मनाउने

भारतीय पुस्ताका लागि संगीत र धुन परिभाषित गर्ने गायिका लता मंगेशकरको निधनमा भारतले दुई दिने ‘राष्ट्रिय शोक’ मनाउने भएको छ । केन्द्रीय गृह मन्त्रालयले राज्यका मुख्य सचिवहरूलाई पठाएको सन्देशलाई उद्धृत गर्दै उनीहरुले भनेका छन्, ‘फेब्रुअरी ६ देखि फेब्रुअरी ७ सम्म भारतभर राष्ट्रिय झण्डा आधा झुक्नेछ ।’

केन्द्र सरकारले दिवंगत महानुभावको सम्मानमा फेब्रुअरी ६ देखि ७ गतेसम्म दुईदिने राजकीय शोक मनाउने र यस अवधिमा कुनै औपचारिक मनोरञ्जन नगर्ने निर्णय गरेको उनीहरुले बताए ।

उनलाई गत जनवरीका सुरुमा कोरोना संक्रमण भएपछि मुम्बईको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना सक्रंमणपछि उनमा निमोनिया भएको चिकित्सकहरुले बताएका थिए ।

जनवरी २८ तारिखमा उनलाई भेन्टिलेटरमा राखिएको भए पनि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।

सम्बन्धित समाचार