काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे ग्यासपाइपलाइन बन्द गरिदिने चेतावनी दिनुभएको छ ।युक्रेन र रुसबीच बढ्दो तनावले पश्चिमा मुलुकको ध्यान तानिरहेको बेला अमेरिकी राष्ट्रपति बाइडेनले ग्यासपाइपलाइन बन्दको चेतावनी दिनुभएको हो ।
उहाँले रुसले युक्रेनमाथि आक्रमण गरे रुसबाट जर्मनीसम्म जाने ग्यास पाइपलाइन, नर्ड स्ट्रीम २ लाई बन्द गरिदिने बताउनुभयो । अमेरिकासहित युरोपीय मुलुकहरू रुसले युक्रेनमाथि सम्भावित आक्रमणको आरोप लगाउँदै आएका छन् । तर, रुसले आरोप अस्विकार गर्दै आएको छ ।
युक्रेनसँग सम्बन्धी सीमानामा रुसले एक लाखभन्दा बढी सेना तैनात गरिसकेको छ ।