जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताएकी हुन् ।
उनले सरकारको नियमित पत्रकार सम्मेलनमा भनिन्, “प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको देखिन्छ ।”
अर्थ मन्त्रालयकी प्रवक्ताले थपिन्, “निश्चय पनि हामी भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका छौं र त्यो पक्कै पनि चिन्ताजनक छ ।” उहाँनका अनुसार एक वर्षअघि ग्यास सञ्चयको अवस्था ८२ प्रतिशत क्षमतामा थियो ।